८ बैशाख २०८३, मंगलबार | April 21, 2026

आज मेघ गर्जनसहित हल्का वर्षा हुने


0
Shares

काठमाडौं, ८ वैशाख । अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विभाग महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।

त्यसैगरी आज राती देशका पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ। पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

प्रतिक्रिया