३ आश्विन २०८१, बिहिबार | September 19, 2024

१९ वर्षीय मनिष कपाली ७ दिनदेखि सम्पर्कविहिन, परिवार चिन्तामा


0
Shares

काठमाडौं, ६ वैशाख । तनहुँ बन्दिपुर स्थायी घर भएका १९ वर्षीय मनिष कपाली गत चैत्र २९ गतेदेखि सम्पर्क विहिन भएका छन् । निशा कपाली र मनिराज कपालीको छोरा १९ वर्षीय मनिष काठमाडौं महानगरपालिका–१६ स्थित नयाँबजारको फलफुल चोकमा बस्दै आएका थिए ।
५ फिट ५ इन्च उचाँईका मनिष गहुँगोरो वर्णका छन् । चैत्र २९ गते दिउँसो १ बजेदेखि छोरा सम्पर्कमा नआएको बुवा मनिराजले बताए । परिवारको अनुसार मनिषले ९८१००२०६५८ मोवाइल नम्बर प्रयोग गर्दै आएका थिए । कसैले कतै देखेमा वा भेटेमा ९८१८३८२६४१ वा ९८६०९१७८९६ नम्बरमा खबर गरिदिन बुवा मनिराजले आग्रह गरेका छन् ।

मनिषकी आमा निशाले ७ दिनदेखि हराइरहेको आफ्नो छोराको खोजतलास गर्न जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्तसबै काठमाडौं र प्रहरी प्रभाग काठमाडौंमा निवेदन दिएको बताइन् । उनले भनिन्,‘जहाँ छौं छोरा घर फर्कि आऊँ,तिम्रो चिन्ताले बुवा आमाको अवस्था बिग्रदै गएको छ’

प्रतिक्रिया