२३ भाद्र २०८१, आइतबार | September 8, 2024

संवैधानिक परिषदको बैठक बस्दै


0
Shares

काठमाडौं, ५ वैशाख । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । दाहालले आगामी शुक्रबार संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । बैठक बिहान ९ बजे बालुवाटारमा बस्नेछ ।

सोमबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको शीर्ष तीन दलका नेता र सभामुखसहितको छलफलमा प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषदको बैठक बोलाउने सहमति जुटेको हो ।

बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे उनको निवास बालकोट पुगेका थिए । संवैधानिक बैठकपछि प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।

 

प्रतिक्रिया