४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला : रवि लामिछाने


0
Shares

काठमाडौँ,४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चालकको दुर्घटनाबारे राजनीतिकरण नगर्न आग्रह गरेका छन् । तीन तलाको घरको छतबाट खसेर अहिले उपचाररत लामिछानेका चालक दिलबहादुर थापाको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका हुन् ।

भरतपुर महानगरपालिका–११ मा रहेको लामिछानेको भाडाको घरको तेस्रो तलाबाट थापा खसेको अवस्थामा भेटिएका थिए । उक्त विषयमा प्रहरीले अनुसन्धान जारी सुरु गरेको र थापा खसेको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ ।

रविले चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउन पनि आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामिछानेले लेखेका छन्,‘आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छतबाट खसेर दुर्घटनामा पर्नुभयो । सीएमसी ( पुरानो मेडिकल कलेज) मा उहाँ उपचाररत हुनुहुन्छ । बिहानैदेखि निरन्तर र भरखरै पनि मैले चिकित्सकसँग परामर्श गरेअनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारीएको छ, स्थिर छ । प्रहरी पनि अनुसन्धानमा छ । यस्तो बेला योभन्दा धेरै मसँग तपाईलाई भन्ने कुनै शब्दै छैन । म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला । सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला । मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ । उसका लागि प्रार्थना गरिदिनुहोला । स्वास्थ्य लाभको कामना गरिदिनु होला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला ।

 

प्रतिक्रिया