३१ भाद्र २०८१, सोमबार | September 17, 2024

जन्मदिनको पार्टीमा गोली चल्दा चार जनाको मृत्यु


0
Shares

एजेन्सी, ४ वैशाख । अमेरिकाको डेडेभिल सहरमा शनिबार राति भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । घटना डान्स स्टुडियोमा भएको थियो जहाँ एक किशोरको जन्मदिन मनाइँदै थियो। गोली चलेको खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर महोगनी मास्टरपिस डान्स स्टुडियोलाई घेरा हालेर घटनास्थल वरिपरि टेप लगाएर बाहिरीलाई प्रवेशमा रोक लगाएको थियो ।

अलाबामा राज्य पुलिसले गोलीबारी घटना राती १०.३० बजे भएको जनाएको छ । घटनाको विस्तृत विवरण भने आइसकेको छैन । तर प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाप्रति दुःख व्यक्त गर्दै निन्दा गरेका छन् । अलाबामाका गभर्नर के इवेले हाम्रो राज्यमा हिंसाका लागि कुनै ठाउँ नभएको बताएका छन्। छिट्टै दोषी पत्ता लगाई कानुनी कठघरामा ल्याउनेछौं ।

जनसंख्या संग अलाबामा को पूर्वी भाग मा एक सानो शहर हो। यसैबीच पेन्सिलभेनियाको लिंकन युनिभर्सिटीमा पनि गोली चलेको खबर प्राप्त भएको छ । त्यहाँ एउटै गोली लागेर दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक महिला पनि छन् । घाइते दुवै खतरामुक्त छन् । गोली चलाउनुको कारणबारे स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया