२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

सुरक्षण मुद्रण केन्द्रमा चरम भ्रष्टाचार,कार्यकारी निर्देशकसहित ९ जनामाथि मुद्दा दायर


0
Shares

काठमाडौं, ३ वैशाख । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल सहित ९ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ । अख्तियारले बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणबारे उजुरीको आधारमा पौडेलसहित नौ जनामाथि अनुसन्धान गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा पौडेलसहित सि.डि.ई., इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लि., मेपटेक विल्डिंग सर्भिसेस प्रा.लि.,परामर्शदाता वास्तुशिल्प एसोसिएट्स समेतका निर्देशक गरी ९ जनाले गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको पृष्टि भएको थियो ।

सुरक्षण मुद्रण केन्द्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन सामान स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक जेनेरेटर खरिद गरेको अख्तियारले आरोप लगाएको छ ।

खरिद सम्झौता बमोजिम कामै नगरी संरचना संचालनवापत र आपूर्ति पछिको सेवावापत अग्रीम तवरमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने सामान खरिद गरेको जनाएको छ । अख्तियारले केन्द्रका कार्यकारी निर्देशक  पौडेलसँगै मेकानिकलतर्फका तत्कालिन सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल, सहायक निर्देशक रमेशप्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक विल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कार्यकारी निर्देशक पौडेलमाथि अख्तियारले ६९ करोड भ्रष्टाचार गरेको आरोप लगाएको छ । सीडीई पोखरेलमाथि ४९ करोड ४६ लाख, सहायक निर्देशक पोखरेलमाथि २० करोड, शाखा अधिकृत महर्जनमाथि ३ करोड ४४ लाख, लेखा अधिकृत बुढामाथि १९ करोड ८८ लाख, शाखा अधिकृत उपाध्यायमाथि ४० करोड भ्रष्टाचार गरेको दाबी गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

त्यसैगरी रोहित मान प्रधानमाथि २३ करोड ४४ लाख, भुवन महर्जनमाथि ४३ करोड ५७ लाख, मिल लाल गुरौंमाथि ८ करोड ६९ लाख भ्रष्टाचार गरेको दाबी गरेको छ ।

 

प्रतिक्रिया