परराष्ट्र मन्त्री एनपी साउदले लिए शपथ

काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले आज आठौं पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । आइतबार नेपाली कांग्रेसको तर्फबाट एनपी साउद परराष्ट्रमन्त्रीमा नियुक्त भई आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई मध्यनजर राखेर साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको बुझिएको छ । प्रचण्डले गत पुस १० गते सातौपटक मन्त्रिमण्डल विस्तार गरेका थिए । प्रधानमन्त्रीसँग अझै चार मन्त्रालय रहेका छन् ।