२२ भाद्र २०८१, शनिबार | September 8, 2024

सलमानले ट्याक्सी चालकलाई ठगेको खुलासा


0
Shares

एजेन्सी, २ वैशाख । बलिउड सुपरस्टार सलमान खान आफ्नो उदारताका लागि परिचित छन् । यद्यपि एक समय थियो जब उनले पैसाको लागि ट्याक्सी चालकलाई धोका दिए । वास्तवमा सलमान त्यतिबेला कलेजमा पढ्थे । उनीसँग पैसा थिएन। उनले एक दिन ट्याक्सीमा यात्रा गर्ने सोचे ।

उनले ट्याक्सी बोलाए र त्यसमा चढे । कलेज पुगेपछि तल ओर्लँदा ट्याक्सी चालकले उनीसँग पैसा मागे । सलमानले ट्याक्सी चालकलाई केही बेर पर्खन भने । त्यसपछि सलमान त्यहाँबाट गएर फर्किएनन् ।

सलमान खान आफ्नो फिल्म ‘किसी का भाई किसी का जान’को प्रमोशनका लागि द कपिल शर्मा शोमा पाहुना हुन पुगे र सो घटना सुनाए । सलमानले भने, ‘हामी प्रायः बस र ट्रेनमा यात्रा गर्थ्यौं । एक दिन मलाई अलिकति बेचैनी लाग्यो, त्यसैले मैले ट्याक्सी लिएँ। त्यो बेला मेरो खल्तीमा एक पैसा पनि थिएन । यति हुँदाहुँदै पनि म त्यही ट्याक्सीमा बसेँ । कलेज पुगेपछि केही टाढा ट्याक्सी रोकियो । मैले ट्याक्सी चालकलाई केही बेर पर्ख, अब पैसा ल्याइदिन्छु भनेँ । त्यसपछि म त्यहाँबाट गएँ र फेरि फर्किनँ ।’
सलमानले धेरै वर्षपछि फेरि त्यो ट्याक्सी चालकसँग भेट भएको बताए । उनले भने, ‘त्यतिबेला मोडलिङमा लागेँ र राम्रो कमाइ गरिरहेको थिएँ । एक दिन मैले घर जान ट्याक्सी बोलाएँ । यात्राभरि ड्राइभरले मलाई कतै देखेको बताइरह्यो । उनी त्यही चालक थिए । घर पुगेपछि मैले पैसा लिन माथिल्लो तला जाँदैछु भनी भनेँ । यति भनिसकेपछि उसले मलाई चिन्यो । त्यसपछि हामी दुवै हाँस्न थाल्यौं। त्यसपछि मैले उसको पैसा ब्याजसहित तिरें ।’

सानै उमेरमा सलमानले ट्याक्सी ड्राइभरसँग ठगी गरेका होलान् तर स्टार बनेपछि नभन्दै उनले कति जनालाई विलासिताका सामान उपहार दिएका छन् । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने, सलमानले आफ्नो अंगरक्षक शेरालाई करोडौं मूल्यको रेन्ज रोभर उपहार दिएका छन्। उनले आफ्नो परोपकारी संस्था बिइङ ह्युमन मार्फत हजारौं मानिसलाई सहयोग गरेका छन् ।

प्रतिक्रिया