६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

विषालु मदिरा पिएर १६ जनाको मृत्यु, धेरैको अवस्था चिन्ताजनक


0
Shares

एजेन्सी, २ वैशाख । बिहारको पूर्वी चम्पारण जिल्लामा नक्कली मदिरा सेवनबाट १६ जनाको मृत्यु भएको छ । धेरैको अवस्था चिन्ताजनक छ ।

गम्भिर बिरामी भएकाहरुको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बिहीबार जिल्लाका ६ गाउँका मानिसले विभिन्न स्थानमा मदिरा सेवन गरेका थिए । रातिदेखि सबैको स्वास्थ्य बिग्रन थाल्यो । भोलिपल्ट एक एक गरी मृत्यु हुन थाल्यो । शनिबारसम्म १६ जनाको मृत्यु भएको छ ।

यस विषयमा अनुसन्धान गर्न पटनाबाट विशेष टोली मोतिहारी जाँदैछ । जसमा ५ जना प्रहरी रहेका छन् । जसमा २ डिएसपी र ३ इन्स्पेक्टर रहेको भारतीय समाचार एजेन्सी भाष्करले जनाएको छ । कसैले भने झाडापखाला–खाद्य विषाक्तताका कारण मृत्यु भएको बताउँछन् ।

रक्सी पार्टीमा गएका विनोद पासवानले जतारामले हामी सबैलाई गहुँ काट्न बालगंगा बोलाएको बताए । त्यहाँ काम गरेपछि सबैले सँगै रक्सी पिए, त्यहाँबाट घर फर्के । रात बित्दै जाँदा सबैको अवस्था बिग्रन थाल्यो । जहा राम, ध्रुप पासवान, अशोक पासवान र छोटू मारिए।

मृत्यु हुने क्रम शुक्रबारदेखि सुरु भएको हो । साँझसम्म ८ जनाको ज्यान गएको छ । शनिबार बिहान यो संख्या बढेर १६ पुगेको छ । परिवारले पोस्टमार्टम नगरी ७ जनाको शव दाहसंस्कार गरेका छन् ।
मठ लोहियारमा ४ घण्टामै बाबु छोराको मृत्यु भएको छ । पहिले नवल दासको मृत्यु भयो, त्यसपछि छोरा परमेन्द्र दासको । परिवारले उनीहरुको अन्तिम संस्कार गरेका छन् । नवलकी बुहारीको अवस्था चिन्ताजनक छ । उनलाई झाडापखाला लागेको उपचारमा संलग्न चिकित्सकले बताए ।

नवल दास मदिरा तस्कर भएको सोही गाउँका दिलीपले बताए । उनी १५ दिनअघि जेलबाट आएका थिए । त्यसैले सबैले रक्सी पिएर मृत्यु भएको आशंका गरेका छन् ।

प्रतिक्रिया