३ आश्विन २०८१, बिहिबार | September 19, 2024

वर्षमान पुनको आमामाथि नातेदार हवल्दारले किन चलाए गोली ?


0
Shares

काठमाडौं, २ वैशाख । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमामाथि माथि गोली चलाउने प्रहरी कै हवल्दार भएको खुलासा भएको छ ।

पुनकी आमा बस्ने घरमा शुक्रबार राति भीआईपी सुरक्षामा खटिएका प्रहरीले गोली चलाएको स्रोतले जनाएको छ। ७० वर्षीया तीर्थमाली पुनको गोली खुट्टामा लागेपछि उनी घाइते भएकी छिन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हवल्दार पुन र वर्षमान पुन नातेदार भएको समेत खुलासा भएको छ । उनी पनि रोल्पाकै हुन् । यद्यपी गोली प्रहार गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन् प्रहरीले सोधपुछ गरिरहेको जनाएको छ ।

प्रतिक्रिया