१० पुस २०८१, बुधबार | December 26, 2024

यी हुन् सन्धुली कार दुर्घटनामा ज्यान गुमाउने चार भारतीय


0
Shares

काठमाडौं, २९ चैत्र । मध्यराति भारतीय नम्बर प्लेटको कार वीपी राजमार्ग हुँदै काठमाडौंतर्फ हुइँकिइहरेको थियो । कमलामाई नगरपालिकाको सोलाभञ्ज्याङको भीरबाट अचानक कार खस्यो । सडकबाट ५०० मिटर तल खसेको कारको उद्धार गर्न निकै ढिलाई भयो ।

कारमा सवार भएकामध्ये दुईजना मात्र जिवित थिए । उनीहरुमध्ये एकजनाले हारगुहार गरेपछि बल्ल कार खसेको जानकारी भएको थियो । उद्धार ढिलो हुँदा अर्का एकजनाको पनि अस्पतालमा निधन भयो ।

घाइते एकजनालाई काठमाडौं लगियो । बीआर डीडी ०६८७ नम्बरको कारमा सवार मध्ये मृत्यु हुनेहरुमा विहार समस्तीपुर घर भएका अभिषेक ठाकुर, मुकेश कुमार चौधरी, मुतैज कुमार फुलहारा र राजेश कुमार सिंह छन् । घाइते धर्मेन्द्र शाहलाई थप उपचारका लागि कांठमाडौं लगिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए ।

मध्यराति घटना भएकाले उद्धारमा ढिलाई भएको हो । कार क्षतविक्षत अवस्थामा भेटिएको छ ।

प्रतिक्रिया