१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सिन्धुलीमा कार दुर्घटना हुँदा ४ भारतीय नागरिकको मृत्यु


0
Shares

काठमाडौं, २९ चैत्र । गएराति १२ बजे सिन्धुलीमा कार दुर्घटना भएको छ । कमलामाई नगरपालिका–३ गढीकोट नजिकै कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकहरुको मृत्यु भएको हो ।

भारतीय नम्बरप्लेटको बीआर ०६ डिडि ०६८७ कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । एक जनाको उपचारको क्रममा र ३ जनाको घटनास्थलमै गरी ४ जनाको निधन भएको हो ।

कारमा सवार अर्का एकजना घाइते पुरुषलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया