१२ श्रावण २०८१, शनिबार | July 27, 2024

ढाकाकुमारलाई कारबाही गर्न रास्वपाको बैठक बस्दै


0
Shares

काठमाडौं, २९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को आज केन्द्रीय समितिको बैठक बस्दैछ ।

समानुपातिका सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे कारबाहीको निर्णय लिन बैठक बिहान ९ बजे बस्न लागेको हो । पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले छानबिन गरेर प्रतिवेदन बुझाइसकेको छ । सो प्रतिवेदनको आधारमा के कारबाही गर्ने भन्ने निर्णय लिन आज पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको हो ।

सभापति रवि लामिछानेले दिएको ७२ घन्टे समयसिमा भित्रै समितिले प्रतिवेदन बुझाएको हो । बयानमा श्रेष्ठले सार्वजनिक अडियोमा भएको आवाज आफ्नो नभएको जिकिर गरेका छन् ।

आफुलाई नियतवश फसाउन खोजिएको भन्दै उनले अडियो पूरै एडिटेड भएको वयान दिएका थिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया