१२ श्रावण २०८१, शनिबार | July 27, 2024

दुुईटा छोरा छाडेर प्रेमीको घर पुगेपछि…


0
Shares

मथुरा,२९ चैत्र । भनिन्छ, माया अन्धो हुन्छ । मायामा जात, धर्म र उमेर हेरिदैन् । त्यस्तै, भएको छ भारतमा । एक महिलाले आफ्ना २ सन्तान र पतिलाई छाडेर धेरै टाढा पुगेकी छिन् ।

भारतको मिर्जापुर जिल्लाकी एक महिलालाई प्रेमको उन्माद चढेपछि श्रीमान् र दुई छोराछोरीलाई छाडेर प्रेमी भेट्न तान्टिगाउँ पुुगिन् । युवकलाई भेटेर मात्र फर्किनन उनी श्रीमतीको रुपमा एक महिनासम्म नै बसिन् ।

सोमबार इलाकामा खोजीमा आएका आफन्तले प्रहरीको सहयोगमा महिलालाई लिएर गएका थिए । मिर्जापुरको थाना अहरौरा अन्तर्गत बेलखरा गाउँपालिकाकी २६ वर्षीया युवतीले तान्टीगाउँका एक युवकसँग इन्स्टाग्राममा प्रेम गरेकी थिइन् ।

यी दुईबीच कुरा हुन थाल्यो र चाँडै नै उनीहरुबीच प्रेम फुल्यो । दुवै एक अर्कासँग बाँच्ने र मर्ने वाचा गर्न बसे । एक महिनाअघि श्रीमान् र छोराछोरीलाई छाडेर प्रेमीसँग तान्टिगाउँ गएकी युवती आफ्नै घरमा श्रीमती बनेर बस्न थालेकी थिइन् । अर्कोतर्फ खोजी गर्दा पनि ती महिला फेला पर्न नसकेपछि आफन्तले अहरौरा प्रहरी चौकीमा बेपत्ताको उजुरी दिएका थिए ।

तान्तिगाउँमा महिलाको उपस्थितिको बारेमा आफन्तले थाहा पाए । सोमबार मिर्जापुरबाट आएका आफन्तले कोतवाली प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त महिलालाई प्रेमीको घरबाट बरामद गरेको थियो । महिलालाई लिएर प्रेमीका घरमा झगडा भएको बताइएको छ । मिर्जापुरकी बेपत्ता युवती तान्टीगाउँस्थित प्रेमीको घरमा फेला पारेको प्रहरीले बताए । सम्झाएपछि युवती आफन्तसँग फर्किएकी थिइन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया