३१ भाद्र २०८१, सोमबार | September 17, 2024

मिटरब्याज पीडित र सरकारी टोलीबीच आज वार्ता हुने


0
Shares

काठमाडौं, २८ चैत्र । आइतबार र सोमबार भएको वार्तामा सहमति जुट्न नसकेपछि आज पनि मिटरब्याज पीडित र सरकारी टोलीबीच आज पनि वार्ता हुने भएको छ ।

गृहमन्त्रालयका सहसचिव प्रदीप कोइरालाको टोलीसँग मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिबिच आज वार्ता हुन लागेको हो ।
गरेका छन् । दुईपक्षबीच आइतबार र सोमबार भएको वार्ता टुंगोमा पुुग्न सकेन ।

वार्तामा संघर्ष समितिले आफ्ना समस्याबारे सरकारलाई जानकारी गराएको थियो भने सरकारी वार्ता टोलीले सो समस्याबारे आफूहरु गम्भिर रहेको बताउँदै पुन वार्तामा बसी समस्या समाधान गर्ने आश्वासन दिएको थियो । वार्ता मंगलबार पुनः बस्ने गरी सकिएको मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले बताउनु भयो ।

प्रतिक्रिया