३१ भाद्र २०८१, सोमबार | September 17, 2024

चुम्बन गरेर सर्वत्र आलोचना भएपछि दलाई लामाले मागे माफी


0
Shares

काठमाडौं, २७ चैत्र । तिब्बती धर्मगुरू दलाई लामाले एक बालकलाई चुम्बन गरेको भिडियो सार्वजनिक भएको थियो ।

चुम्बन गरेको श्रव्यदृश्य सामग्री सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएपछि लामाले सोमबार सार्वजनिक रुपमा माफी मागेका हुन् ।

‘उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भए माफी माग्न चाहन्छु ।’–लामाद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

लामा हाल भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासन जीवन व्यतित गरिरहेका छन् ।
धर्मगुरू दलाई लामाले एक बालकलाई ओठमा चुम्बन गरेपछि आफ्नो जिब्रोमा पनि चुम्बन गर्न लगाएको दृश्य केही दिनदेखि सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ ।

 

प्रतिक्रिया