६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

ढाकाकुमारको अडियोबारे अख्तियारले छानबिन गर्ने


0
Shares

काठमाडौं, २६ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठको आज बाहिरिएको अडियोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको विषयमा सांसद श्रेष्ठको अडियो कपुरबोट डटकमले सार्वजनिक गरेको हो ।

श्रेष्ठले पार्टी सभापति रवि लामिछानेको टिमलाई दिनुपर्ने भन्दै व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो बाहिरिएको थियो ।

सञ्चारमाध्यमहरुमा प्रकाशित समाचार अख्तियारको नोटिसमा परेको भन्दै उक्त समाचार उजुरीको रुपमा दर्ता भइसकेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया