हेलिकोप्टर दुर्घटना :पाइलट प्रियालाई पोखरा ल्याइदैं

काठमाडौं, २६ चैत्र । धौलागिरि बेसक्याम्पमा हेली एभरेस्टको हेलिकोप्टर दुर्घटनामा परेको छ ।
बेसक्याम्पबाट पोखरा फर्कंदै गर्दा हेलिकोप्टर दुर्घटनामा परेको हो ।
त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार धौलागिरि बेसक्याम्पनजिकै दुर्घटना भएको हेलिकोप्टरमा एकजना पाइलट रहेकी थिइन् । डाइनेस्टी एयरले पाइलट प्रिया अधिकारीलाई उद्धार गरेर पोखरा ल्याइँदै छ । इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकोप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो ।
हेलिकोप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकोप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला परेको हो ।