२३ भाद्र २०८१, आइतबार | September 8, 2024

यी खानेकुरालाई डाइटमा समावेश गरे धेरै खाएपनि पेट बढ्दैन


83
Shares

काठमाडौं, २५ चैत्र । मोटोपनले धेरै गम्भीर रोगहरूको जोखिम बढाउन सक्छ । केही खानेकुरा यस्ता छन् जसलाई पेट भरेर खाँदा पनि पेट बढ्दैन । आज हामी यस्ता केही स्वस्थ र कम क्यालोरी खानेकुराको बारेमा जानकारी दिँदैछौँ ।

तपाईंले तौल घटाउनको लागि खाना छोड्नु आवश्यक छैन। यहाँ उल्लेख गरिएको खाना खाँदा पेट भर्नुका साथै क्यालोरीको मात्रा पनि कम हुन्छ ।

बिहानको नास्तामा ओट्स समावेश गर्नाले फाइदा हुन्छ । यो स्वादमा राम्रो हुन्छ र क्यालोरीमा पनि कम हुन्छ।

तौल घटाउनको लागि च्याउको तरकारी सेवन गर्न सकिन्छ । एउटा मध्यम आकारको च्याउमा ४ क्यालोरी मात्र हुन्छ ।

तपाईं सादा ग्रीक दही खाएर आफ्नो भोक कम गरेर आफ्नो वजन कम गर्न सक्नुहुन्छ। यो उच्च प्रोटिनको स्रोत हो र एक सर्भिङ अर्थात् १५० ग्राममा मात्र १२० क्यालोरीहरू हुन्छन् । भिटामिन सीले भरपूर अंगूर तौल घटाउनको लागि उत्तम विकल्प हो । यसमा केवल ३७ क्यालोरीहरू छन्।

यसका साथै खानामा काउली र ब्रोकाउली समावेश गर्नु पनि फाइदाजनक हुन्छ । १०० ग्राम उमालेको फूलगोभीमा २५ क्यालोरीहरू र एक कप ब्रोकाउलीमा ३४ क्यालोरीहरू मात्र छन्।

प्रतिक्रिया