३ आश्विन २०८१, बिहिबार | September 19, 2024

टेलिभिजनमा ‘आलाकार्ट’लागु,अब मन परेको च्यानल किन्न पाइने


0
Shares

काठमाडौं, २४ चैत्र । सरकारले टेलिभिजन च्यानलहरुको वितरणमा नयाँ सिस्टम लागु गर्ने भएको छ । गत चैत्र १५ गते मन्त्रिस्तरिय निर्णयअनुसार टेलिभिजन च्यानलहरुको वितरणमा आलाकार्ट प्रणाली लागु गर्न लागेको हो ।

नयाँ सिस्टमअनुसार टेलिभिजनका दर्शकले थोरै शुल्कमा आफ्नै रोजाइका च्यानल मात्रै खरिद गर्न पाउने छन् । च्यानल खरिदका लागि आधारभुत २५० रुपैयाँदेखि अधिकतम ५ सय रुपैयाँ शुल्क तोकिएको छ । न्युनतम शुल्क अन्तर्गत प्रशारण संस्थाले नेपाली टेलिभिजन च्यानल तथा विदेशी फ्रि टु एयर च्यानलहरु उपभोक्तालाई देखाउनुुपर्ने मन्त्रालयले निर्णय गरेको छ ।

त्यस्ता टेलिभिजन च्यानलहरुमा सूचनामूलक, समाचारमूलक शिक्षाप्रद,मनोरन्जनात्मक, खेलकुद आदि विषयवस्तु समावेश भएको हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया