१२ श्रावण २०८१, शनिबार | July 27, 2024

वैद्यको क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच आज एकता हुँदै


0
Shares

काठमाडौं, २४ चैत्र । आज क्रान्तिकारी कम्युनिष्ट धारका दुई पार्टीबीच एकता हुने भएको छ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) पार्टी बीच आज एकता हुने भएको हो ।

दुई पार्टीको आज दिउँसो १२ बजे इच्छुक प्रतिष्ठान घट्टेकुलोमा पत्रकार सम्मेलन गरेर पार्टी एकता घोषणा गर्ने कार्यक्रम रहेको छ ।
शुक्रबार बसेको क्रान्तिकारी माओवादी र नेकपा बहुमतको संयुक्त बैठकले पार्टी एकता गर्ने निर्णय गर्दै एकता संयोजन समितिसमेत गठन गरेको छ ।

बैठकपछि क्रान्तिकारी माओवादीका तर्फबाट वैद्य र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर पार्टी एकता गर्ने निर्णयसहित संयोजन समिति गठन गरेको जानकारी दिएका हुन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया