१२ श्रावण २०८१, शनिबार | July 27, 2024

तिब्बतमा शक्तिशाली भुकम्प


0
Shares

सिजाङ, २४ चैत्र । तिब्बतको शिजाङ क्षेत्रमा बिहीबार राति भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्का दक्षिणी तिब्बतको शिजाङ क्षेत्रमा बिहान ११.३० बजे महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस)ले जनाएको छ ।

भूकम्पको तीव्रता रिक्टर स्केलमा ४.६ मापन गरिएको थियो ।

प्राप्त जानकारी अनुसार भूकम्पको केन्द्रविन्दु ३४ दशमलव ७० डिग्री उत्तर अक्षांश र ८२ दशमलव ०१ डिग्री पूर्व देशान्तर ३० किलोमिटर गहिराईमा रहेको थियो । समाचार तयार पार्दासम्म कुनै मानवीय क्षतिको विवरण आउन सकेको छैन ।

सिजाङ क्षेत्रमा चार दिनमा दोस्रो पटक भूकम्पको धक्का महसुस गरिएको छ । यसअघि सोमबार ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यतिबेला भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको थियो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया