३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सिक्किम हिमपहिरो : ३ नेपालीसहित ७ जनाको मृत्यु


0
Shares

एजेन्सी, २२ चैत्र । सिक्किमको नाथुलामा मंगलबार गएको हिमपहिरोमा परी मुत्यु तीन जना नेपालीको मृत्यु भएको छ । हिमपहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरुका अनुसार अन्य चार जना मृतकहरु भारतीय हुन् । हिउँपहिरोमा पनि ११ जना घाइते भएका छन् ।

नेपालीहरु शिवप्रसाद लामिछाने, आशिका ढकाल र मुना श्रेष्ठको मृत्यु भएको हो । प्रहरी अधिकारीहरुको अनुसार लामिछाने र ढकाल चितवनका हुन् भने श्रेष्ठ रुपन्देहीका हुन् । घाइतेहरूलाई उपचारका लागि राज्यको राजधानी गान्तोकको अस्पतालमा पुर्याइएको थियो । चीनको सिमानामा रहेको नाथुला दर्गा प्राकृतिक सौन्दर्यका कारण प्रमुख पर्यटकीय गन्तव्यको रुपमा चिनिन्छ ।

मंगलबार दिउँसो १२ः२० बजे नाथुला क्षेत्रमा हिमपहिरो गएको थियो । गान्तोक र नाथुला जोड्ने जवाहरलाल नेहरू रोडमा हिमपहिरो गएको हो ।

प्रतिक्रिया