१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रवि लामिछानेले आजै स्पष्टिकरण दिनुपर्ने, ५ बजेसम्म निर्णय आउने


0
Shares

काठमाडौं, २२ चैत्र । आगामी बैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनको उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा ३ दाबी विरोध र एक उजुरी परेको छ । आफूमाथि परेको दाबी विरोध र उजुरीबारे उनले आजै स्पष्टिकरण दिनुपर्ने छ ।

लामिछाने आज दिउँसो १ बजे स्पष्टिकरण दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुुग्ने छन् भने त्यसको निर्णय बेलुका ५ बजेसम्म आउने जनाइएको छ । उनीविरुद्ध सोमबार र मंगलबार तीनवटा दाबी विरोध र एउटा उजुरी परेको छ ।

लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले चितवन–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् । नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभइ निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको उजुरीमा उल्लेख छन् ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया