२३ भाद्र २०८१, आइतबार | September 8, 2024

तनहुँ–१ मा ९ जनाको उम्मेदवारी दर्ता


0
Shares

काठमाडौं,२१ चैत्र । उपनिर्वाचनका लागि तनहुँ १ मा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान १० देखि ५ बजेसम्म तोकिएको समय भित्र ९ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ ।

आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट  स्वर्णिम वाग्ले लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

भट्टराईलाई नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतको समर्थन रहेको छ भने वाग्लेलाई विवेकशील साझा पार्टीले समर्थन रहेको छ ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङ र नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनारले उम्मेदवारी दिएका छन् ।

सो क्षेत्रमा गत मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित सांसद कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्र सांसदविहिन भएको छ । आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया