२३ भाद्र २०८१, आइतबार | September 8, 2024

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी पाइने


0
Shares

काठमाडौं, २१ चैत्र । सोमबार दर्ता भएका उम्मेदवारीविरुद्ध आज उजुरी दिन सकिनेछ । निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार उम्मेदवारविरुद्ध उजुरी दिने दिन तोकिएको हो ।

आगामी बैशाख १० गते हुने निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिनेछ ।

विभिन्न जिल्लाका तीन क्षेत्रमा हुने उपनिर्वाचनका लागि ६९ जनाले उम्मेदवारी दिएका छन् । आगामी चैत्र २३ गते उम्मेदवारी फिर्ता लिने दिन तोकिएको छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह पनि सोही दिन प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

विभिन्न कारणले रिक्त रहेको तनहु–१, बारा–२ र चितवन–२ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया