१२ श्रावण २०८१, शनिबार | July 27, 2024

गोविन्दराज जोशी र विकास कोइरालामाथिको कारबाही फुकुवा


0
Shares

काठमाडौं, १९ चैत्र । पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालामाथिको कारबाही नेपाली कांग्रेसले फुकुवा गरेको छ ।

कांग्रेसको आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले जोशी र कोइरालामाथिको कारबाही फुकुवा गरेको हो । कारबाही फुकुवा गरिएका नेताहरुको पुरानै क्रियाशील सदस्यता कायम हुने भएको छ । २०७९ अघिका निर्वाचनमा बागी उम्मेदवारी दिएका चितवन, तनहुँ र बाराका नेताहरूमाथिको अनुशासनको कारबाही पुरानै क्रियाशील सदस्य काययम हुने गरी फुकुवा गर्ने निर्णय बैठकले गरेको छ ।

चितवनका पूर्वसभापति कोइरालाले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाविरुद्ध चितवन–४ मा बागी उम्मेदवारी दिएका थिए ।

पूर्वसहमहामन्त्री जोशीले २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए । पौडेललाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले २४ पुस २०७५ मा जोशीमाथि अनुशासनको कारबाही गरेको थियो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया