३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बारा २ मा कस्ले मार्ला बाजी, उपेन्द्रलाई देउवाको साथ


0
Shares

काठमाडौं, १९ चैत्र । बारा क्षेत्र नम्बर २ को संसदीय उपनिर्वाचनमा कडा प्रतिष्पर्धा हुने भएको छ । उक्त क्षेत्रमा प्रभावशाली नेता देखि चर्चित व्यक्तिहरु उम्मेदवार बन्ने भएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बारा २ बाट उम्मेदवार बन्ने भएका छन् । उनलाई नेपाली काँग्रेसले सघाउने निर्णय लिएको छ । काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आज आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारा २ मा जसपा उम्मेदवारलाई सघाउने निर्णय गरेको बताए ।

सत्ता गठबन्धनमा काँग्रेस र जसपा दुवै छन् । बारा २ बाट सत्ता गठबन्धनको लोकतान्त्रिक समाजवादी पार्टीका प्रभावशाली नेता राजेन्द्र महतो र जनमत पार्टीका शिवचन्द्र कुशवाहा उम्मेदवार बन्दैछन् । कुशवाहा उम्मेदवार बन्नकै लागि गत हप्ता पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र छाडेर जनमतमा प्रवेश गरेका हुन् ।

बारा २ बाट रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल उम्मेदवार बन्दैछन् । खरेल उम्मेदवार बन्ने तय भएपछि बारा २ मा चारजनाबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

बारा २ बाट ४ मंसिरमा भएको संसदीय चुनाव जितेका राम सहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि उक्त निर्वाचन क्षेत्रको सांसद पद खाली छ । त्यहाँ १० वैशाखमा चुनाव हुने भएको छ । चुनावमा २० चैत्रमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने तय छ । उम्मेदवार बन्ने टुंगो लागेकाहरु बारामा सक्रिय भइसकेका छन् ।

 

प्रतिक्रिया