१२ श्रावण २०८१, शनिबार | July 27, 2024

तनहुँ-१ मा त्रिपक्षिय भिडन्त हुँदै, कस्ले मार्ला बाजी !


0
Shares

काठमाडौं । आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा तनहूँ–१ मा रोचक भिडन्त हुने भएको छ । रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको सो क्षेत्रमा नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट चर्चित उम्मेदवारले टिकट पाएसँगै त्रिपक्षीय भिडन्त हुने देखिएको हो ।

तनहुँ १ बाट एमालेले नेपाली प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनाललाई टिकट दिने निर्णय लिएको छ । खनालको पुख्र्यौली घर पनि तनहुँ हो । उनले त्यहाँ राजनीतिक गर्ने उद्देश्यले प्रहरीमा रहँदै सक्रियता बढाएका थिए ।

शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेसबाट गोविन्द भट्टराईले टिकट पाइसकेका छन् । भट्टराई नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघका पूर्वसभापति हुन् । उनी तनहुँलाई चुनावी क्षेत्र बनाएर लामो समययता सक्रिय छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् स्वर्णिम वाग्ले उम्मेदवार बन्ने तय भएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरेर तनहुँबाट उम्मेदवार बन्ने घोषणा गरे । उनले रामचन्द्र पौडेलको उत्तराधिकारीका रुपमा तनहुँबाट चुनाव जित्ने दाबी गरे ।

वाग्लेले यसै हप्ता नेपाली काँग्रेस परित्याग गरेका थिए । उनी २०७९ को संसदीय चुनावमा काँग्रेसको घोषणपत्र बनाउने समितिमा पनि थिए ।
उपनिर्वाचनका लागि २० चैत्र सोमवारका दिन उम्मेदवारको मनोनयन मिति तय छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया