तीन मन्त्रालय निश्चित नभएसम्म मन्त्रीको नाम नदिने नेकपा एसको निर्णय

काठमाडौँ, १५ चैत्र । नेकपा (एकीकृत समाजवादी)ले तीन वटा मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने भएको छ ।
बुधवार बसेको सो पार्टीको आकस्मिक केन्द्रीय सचिवालय बैठकले ३ मन्त्रालय पाउने निश्चित नभएसम्म मन्त्रीको नाम नपठाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले आज एक जनाको नाम मागेका थिए । समाजवादीले डा. बेदुराम भुसाल, प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने निर्णय गरिसकेको छ ।