३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नेविसंघको लेटरप्याड, छाप र हस्ताक्षर दुरुपयोग भएको हो !


0
Shares

काठमाडौं, १५ चैत्र । नेपाल विद्यार्थी संघ (नेविसंघ)मा पछिल्लो समय एक पछि अर्को गर्दै विवाद चुलिदै गएको छ । नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको हस्ताक्षर सहितको नेविसंघको त्रिवि अध्यक्षमा एकैदिन तीनजनालाई पत्र पठाएपछि विवाद फस्दै गएको स्पष्ट भएको हो । अध्यक्ष शेर्पाको राजीनामा माग्दै केही विद्यार्थी नेताहरु रिले अनसन नै बसेको थिए ।

फेरी, नेविसंघले काटेको अर्को मनोनित पत्र बाहिरिएपछि नेविसंघ केन्द्रले लेटरप्याड, छाप र अध्यक्ष शेर्पाको हस्ताक्षर दुरुपयोग गरेर पत्र आतंक मच्चाएको भन्दै छानबिन गर्ने चेतावनी दिएको छ ।

नेविसंघको लेटरप्याड र अध्यक्ष शेर्पाको हस्ताक्षर दुरुपयोग गरी बाँके, बर्दिया, रुपन्देही र कास्कीमा अध्यक्ष मनोनित गरेको पत्र बाहिर आएको हो । यसअघि त्रिविको अध्यक्षमा एकै दिन तीनजनालाई पत्र काटिएको समाचार बाहिर आएका थिए ।

मंगलबार नेविसंघका मुख्यसचिव विजय खड्काले एक विज्ञप्ती जारी गर्दै फोटोसप गरेर हस्ताक्षर र लेटरप्याड दुरुपयोग गरीएको भन्दै कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन् ।

बाँके अध्यक्ष उपेन्द्रबहादुर विष्ट, बर्दिया अध्यक्ष असीमविक्रम शाह, रूपन्देहीमा सन्दीप पाण्डे र कास्कीमा नसिब गुरूङ आधिकारिक भएको पनि खड्काले उल्लेख गरेका छन् । शेर्पालाई पार्टी सभापति शेरबहादुर देउवा पत्नि आरजु राणाले २०७८ बैशाखमा नेविसंघको केन्द्रीय अध्यक्षमा मनोनित गरेकी हुन् । उनको सुरु देखि नै विरोध हुँदै आएको छ ।

 

प्रतिक्रिया