३१ भाद्र २०८१, सोमबार | September 17, 2024

आज प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची


0
Shares

काठमाडौँ, १५ चैत्र । संसद बैठक आज बस्दै छ । सङ्घीय संसद् अन्तर्गतको बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८–०७९ पेस गर्नेछन् ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया