३ आश्विन २०८१, बिहिबार | September 19, 2024

मिटरब्याजको समस्या ठुलो छैन्, तत्काल समाधान गर्नुपर्छ : रवि लामिछाने


0
Shares

काठमाडौं, १४ चैत्र । मिटरब्याज पीडितहरुको प्रदर्शनस्थलमा पुुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याजको समस्या ठुलो नभएको बताएका छन् । सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

प्रदर्शनस्थलमा पुुगेर पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको स्पष्ट पारेका हुन् ।

उनले आफ्नो पार्टी सधै पीडितहरुको पक्षमा रहेको पनि बताए । लामिछानेले मिटरब्याजको समस्यालाई राजनीतिकरण गर्नु नहुने तर्क गरे ।

न्याय माग्दै महोत्तरीबाट ११ दिन पैदल हिँडेर काठमाडौं पुगेका मिटरब्याज पीडितहरूले गए राति खुला आकाशमै रात बिताएका छन् । धर्नाका लागि काठमाडौंको खुलामञ्च प्रवेश गर्दा महानरले रोकेपछि उनीहरूले खुलामञ्च बाहिर नै रात बिताएका हुन् ।

आज बिहानै प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरुलाई निषेधित क्षेत्रमा प्रहरीले रोकेपछि अहिले टंगालमा उनीहरूले धर्ना दिइरहेका छन् ।

प्रतिक्रिया