१८ पुस २०८१, बिहिबार | January 2, 2025

वैदेशिक रोजगार विभागका प्रमुखले हामीलाई कुटाउन मान्छे बोलाउनुभयो : तारा बराल


0
Shares

काठमाडौँ, ११ चैत्र । सामाजिक अभियन्ता भनेर चिनिने तारा बरालले वैदेशिक रोजगारीमा गएका पीडितहरुको न्यायका लागि आफूहरु वैदेशिक रोजगार विभागमा जाँदा कुटाई खानुपरेको बताएकी छिन् । पीडितहरुको पीडा लिएर वैदेशिक रोजगार विभागमा जाँदा गत फागुन १६ गते भौतिक आक्रमण भएको उनले बताइन् । विभागका प्रमुखले आफूहरुलाई कुटाउनका लागि मान्छे नै बोलाएर राखेको उनको आरोप छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियान्ता बरालले वैदेशिक रोजगारीको नियमनका लागि विभिन्न सरकारी निकाय भएपनि पीडितको गुनासो कसैले पनि नसुनेको बताइन् ।मेनपावरबाट सुरक्षित बनौं भन्ने सन्देश दिनका लागि आफूहरुले आज हेलमेट कार्यक्रम गरेको उनको भनाइ छ।

‘वैदेशिक रोजगारीको नियमनका लागि यहाँ स्थानीय निकायको वडादेखि लिएर वैदेशिक रोजगार विभाग, प्रहरी प्रशासन, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र राजदूतावासहरु छन् । तर, पीडितहरुको सुनुवाई गरिदिने कोही पनि छैनन् । जनताको पसिनाले पालेको यतिधेरै निकाय हुँदा पनि किन यतिधेरै पीडित छन् रु पीडित समस्या लिएर जाँदा मेरो दायित्वभित्र पर्दैन भनेर हरेकले पन्छाउँछ भने पीडित जाने कहाँ ?’–उनले प्रश्न गरिन ।

वैदेशिक रोजगार विभागमा पत्रकारहरुको क्यामेरासमेत लुटपाट भएको उनले बताईन् । भोलिपल्ट वैदेशिक रोजगार विभागले माफी मागेर पत्रकारको क्यामेरा फिर्ता गरेको उनको दाबी छ । वैदेशिक रोजगारका कर्मचारीहरु मेनपावर व्यवसायीसँग साँठगाँठ गर्ने र सेवाग्राहीलाई भने तर्साउने गरेको बरालको आरोप छ । विभागका प्रमुखले आफूहरुलाई कुटाउनका लागि मान्छे नै बोलाएर राखेको उनको आरोप छ ।

वैदेशिक रोजगारलाई नियमन गर्ने निकायहरु वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय लगायतमा पीडितका गुनासो सुन्ने भन्दा पनि पीडितलाई थर्काउने र तर्साउने काम भइरहेको बरालको आरोप छ । आफू पीडितको गुनासो सुन्ने आधिकारिक कोही नभएको उनले बताइन् । पीडितले पीडा लिएर आएपछि आफूले सहयोग गर्ने प्रयास गरिरहेको उनको भनाइ छ ।

‘पीडितहरुको पीडा मैले सुन्न नसकेको हो । त्यहाँ उजुर हालेको एक महिनासम्म पनि उनीहरुले खोजी गर्दैनन् । त्यो भएपछि पीडित हामीसँग आउँछ । म केही होइन । म यो खोजी गर्ने कोही पनि होइन । नेपाली जनतामात्रै हो । जनताको अधिकार छैन र पीडितको पीडा खोज्न रु उनले प्रश्न गरिन् ।

प्रतिक्रिया