२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

नेपाली कांग्रेसले विज्ञ अर्थमन्त्री पठाउनुपर्छ : कांग्रेस नेता रुवाली


0
Shares

काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसका नेता तिलक रुवालीले आफ्नो पार्टीले १० मन्त्रालयमा दाबी नछाड्ने बताउनुभएको छ । माउन्टेन टेलिभिजनबाट शुक्रबार प्रसारण भएको कार्यक्रम ‘समाज र सन्दर्भ’ मा पत्रकारसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

कांग्रेस बाग्मती प्रदेशका प्रवक्ता रुवालीले कांग्रेसका सबै नेताहरु मन्त्री बन्न योग्य रहेको पनि स्पष्ट पार्नुभयो । ‘हाम्रो पार्टीमा सबै नेताहरु मन्त्री बन्न योग्य छन्, क्षमतावान छन् ।’–उहाँले भन्नुभयो ।

राजनीतिमा लामो समय बिताएका नेताहरुले मन्त्री बन्न खोज्नु कुनै नौलो कुरा नभएको उहाँको धारणा थियो । कांग्रेसको नेतृत्वमा पुगेका नेताहरुले इतिहासका कालखण्डमा धेरै महत्वपुर्ण भूमिका खेलेको स्मरण गराउँदै उहाँले उनीहरुको योगदानको कदर सबैले गर्नुपर्नेे बताउनुभयो ।

अहिले मुलुक अफ्ठेरो अवस्थामा रहेको उल्लेख गर्दै नेता रुवालीले कांग्रेसले विज्ञ अर्थमन्त्री सरकारमा पठाएर देशको आर्थिक अवस्था उकास्ने विश्वास व्यक्त गर्नुभयो ।

बिग्रिएको अर्थतन्त्र सुधार गर्न विज्ञहरुबिच प्रतिस्पर्धा गराएरै अर्थमन्त्री चयन गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले अहिले कांग्रेसबाट मन्त्री बन्ने चर्चामा आएका नाम बाहेक अन्य पात्रले पनि सरकारको नेतृत्व गर्ने र मन्त्री हुन सक्ने संकेत गर्नुभयो ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया