२ भदौ २०८३, मंगलबार | August 18, 2026

रेडियोकर्मी कृष्णा ताम्राकारको निधन


0
Shares

काठमाडौं, १० चैत्र । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । निमोनियाबाट पीडित ताम्राकारको विहीबार राति काठमाडौंमा निधन भएको हो ।

काभ्रेको बनेपामा जन्मिएकी ताम्राकार रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

२०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन गरेकी थिइन् भने २०७४ सालमा सूचना तथा सञ्चार मन्त्रालयले वरिष्ठ पत्रकार सम्मानसमेत उनलाई प्रदान गरेको थियो ।

प्रतिक्रिया