३० असार २०८१, शनिबार | July 14, 2024

तुच्छ गालीको बर्सात भैईरहेको छ : कुन्जना घिमिरे


0
Shares

काठमाडौं, १० चैत्र । हास्यकलाकार तथा सीताराम कट्टेल पत्नि कुन्जना घिमिरेले चितवन क्रिकेट रंगशालाको विषयमा सामाजिक सञ्जालमार्फत तुच्छ गालीको बर्सात भैईरहेको बताएकी छिन् । मानसिक रुपले विक्षिप्त भएको पनि उल्लेख गरेकी छिन् ।सुन्न र सहन सक्ने क्षमता सकिएको भन्दै कि सफाई वा सजाय मध्ये एक दिन सरकारसमक्ष माग गरेकी हुन् ।

कुन्जनाले केही व्यक्तिहरुले आफूलाई नग्न तस्बिरहरु पठाउन थालेको भन्दै राज्य र राष्ट्रसँग धेरै मन दुखेको पनि विलौना गरेकी छिन् । ‘मलाई मेरो ईन्बक्समा नग्न तस्विरहरु पठाउन सुरुवात भएको छ, बिभिन्न तुच्छ गालीको बर्सात भैईरहेको छ । म पनि मान्छे हु, धेरै मन दुखेको छ राज्य र राष्ट्र संग।’–उनले लेखेकी छिन् ।

आफूलाई सुन्नै नसकिने गालीगलौज धेरै आएर विक्षिप्त भएको भन्दै कुन्जनाले लेखेकी छिन्, ‘धुर्मुस जिले केहि समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरुका गाली गलौज सहदै आए र आज म मानसिक यातनाले बिछिप्त भएको छु ।’ उनले अब सुन्ने र सहने शक्ति नभएको पनि उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्,‘कि मलाई सफाई देउ कि सजाय ! तर जे गर्छौ छिटो गर’

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया