प्रावि शिक्षकमा दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं, ९ चैत्र । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सुचना जारी गर्दै प्रावि तहमा पदपुर्तिका लागि आज विज्ञापन खुलाएको हो ।
आयोगले सामुदायिक विद्यालयको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट लिइने परीक्षाको लागि न्युनतम योग्यता पुगेका उम्मेदवारबाट दरखास्त आह्वान गरेको हो ।
आयोगले चैत्र ८ गते गरेको निर्णय अनुसार आजदेखि बिहीबारदेखि उम्मेदवारहरुले दरखास्त पेस गर्न सक्नेछन् । दरखास्त आवेदन अनलाइनबाट भर्न सकिनेछ ।