१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बागमतीसहित यी प्रदेशमा आज पानी पर्ने


0
Shares

काठमाडौं, ९ चैत्र । अहिले देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विभाग महाशाखाको अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक रही देशका बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन ÷ चट्याङ्ग सहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया