वैदेशिक रोजगारीका जाने युवाहरुलाई ठगी गर्ने स्वीकार्य हुन्नः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, ८ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोजगारीका लागि विदेशमा जाने युवाहरुलाई कुनै पनि रुपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य नहुने बताउनुभएको छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई समाजिक सुरक्षा कोषका योजनाहरुमा आवद्ध गराउने सम्बन्धी समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, अब दुस्ख दिने । दुस्ख पाउने दिन गए । अब सबैको सम्मान हुनेछ, सबैको आत्मसम्मानमा बढोत्तरी हुनेछ, यहाँहरुको योगदानको कदर हुनेछ । ज्ञान, सीप, पुँजी र प्रविधिको यहाँहरुकै हित र देश हितमा प्रयोग हुनेछ । यो सरकारको प्राथमिकता र प्रतिवद्धता यही हो ।
उहाँले वैदेशिक रोजागारीका लागि नयाँ नयाँ अवसर र गन्तब्यहरुको खोजी गर्ने मन्त्रालयको तयारीलाई समेत प्रोत्साहित गर्न चाहेको उल्लेख गर्दै श्रम सम्झौता हुन बाँकी देशहरुसँग सम्झौता गर्ने, भइसकेका सम्झौताहरुलाई समय सापेक्ष बनाउने कार्यलाई अगाडि बढाई लागि विदेशमा रहेका नेपालीहरुको हक, हित, सुविधा बढोत्तरी गर्ने र त्यसबाट हुने लाभलाई गुणात्मक रुपमा बढाउने कुरा यो सरकारको प्राथमिकतामै रहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले अध्यागमनमा हुने रोजगारीका लागि श्रम स्वीकृति लिएर जाने युवाहरुप्रति हुने फरक व्यवहार गरिने व्यवस्था अन्त्य भएको बताउनुहुँदै सरकारको प्राथमिकता भनेको जनतामुखी सेवा प्रवाह नै हो भन्ने विश्वास दिलाउन चाहेको स्पष्ट गर्नुभयो ।
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई समाजिक सुरक्षा कोषका योजनाहरुमा आवद्ध गराउने सम्बन्धी समुद्घाटन समारोहलाई गरिएको सम्बो धन पूर्णपाठ
कार्यक्रमका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवज्यू,
नेपाल सरकारका मुख्य सचिवज्यू,
मञ्चमा आसिन अतिथिहरु र यस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरु,
संचारकर्मी मित्रहरु,
नमस्कार, अभिवादन
वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई समाजिक सुरक्षा कोषका योजनाहरुमा आवद्ध गराउने सम्बन्धी समुद्घाटनको यो विशिष्ट एवं ऐतिहासिक समारोहमा मलाई निमन्त्रण गरी यस समारोहमा केही शब्द राख्ने अवसर दिनुभएकोमा म आयोजक साथीहरुलाई म धन्यवाद दिन चाहन्छु । यस सामाजिक सुरक्षा योजनालाई सार्थक बनाउने कार्यमा अहोरात्र खटिनुहुने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक लगायतको पुरै टिम एवं कोषका अध्यक्ष साथै मन्त्रालयका सचिव लगायत कर्मचारीको पुरै टिमलाई समेत म धन्यवाद दिन चाहन्छु । यहाँहरुकै मेहनत, प्रयास, अध्ययनका कारण आज हामी यो बिन्दुसम्म आइपुगेका हौँ । म यहाँहरुलाई नै यसको पुरै श्रेय दिन, र यहाँहरुको प्रयासको प्रशंसा गर्न चाहन्छु । अब आगामी दिनमा यही क्उष्चष्त का साथ यो योजनाको प्रभावकारी कार्यान्वयनमा लैजानका लागि म व्यक्तिगत रुपमा र प्रधानमन्त्रीको रुपमा यहाँहरुलाई सधै साथ दिइरहने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।
यसअघिका वक्ता साथीहरुले आजको कार्यक्रमको सान्दर्भिकता, यसको दूरगामी महत्व एवं प्रभावको सम्बन्धमा धेरै सान्दर्भिक र महत्वपूर्ण कुराहरु यहाँ बताइसक्नुभएको छ । यी बिषयहरुलाई म दोहोर्याइरहन चाहन्न ।
आज हामीले राजनीतिक लडाईँमा एउटा हदसम्म सफलता प्राप्त गरेका छौँ । हामीसँग आज समाजवादउन्मुख लोकतान्त्रिक गणतन्त्रात्मक संविधान छ । अबको बाटो भनेको हाम्रो त्याग, बलिदानले बनाएको यो संविधानको सफल कार्यान्वयन गर्दै शहीदहरुको सपना साकार पार्दै, जनताले प्राप्त गरेका अधिकारहरुलाई जोगाउँदै हामी सबैको समान आकांक्षा आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढ्नु नै हो । यसका लागि सबैको रचनात्मक, सकारात्मक सहयोगको खाँचो छ ।
�

