३१ भाद्र २०८१, सोमबार | September 17, 2024

राष्ट्रिय सभाको बैठक बस्दै


0
Shares

काठमाडौं, ८ चैत्र । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद अन्तर्गत सभाको बैठक आज दिउँसो १ बजे बस्नेछ ।

बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद्को कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने, प्रत्यायोजित
व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७८/२०७९ सभा समक्ष प्रश्तुत गर्ने, भुवनबहादुर सुनारले दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

प्रतिक्रिया