१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आईसीसीलाई रुसको धम्की : मिसाइलबाट बच्न असम्भव छ


0
Shares

एजेन्सी, ८ चैत्र । आईसीसीले युक्रेनमा युद्ध अपराधको आरोपमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध पक्राउ वारेन्ट जारी गरेपछि रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) लाई मिसाइल आक्रमणको धम्की दिएका छन् । भगवान र मिसाइलबाट बच्न कसैलाई पनि सम्भव नभएको भन्दै मेदवेदेवले धम्की दिएका हुन् ।

वास्तवमा, मार्च १७ मा, आईसीसीले युक्रेनमा युद्ध अपराधको आरोपमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो । उनलाई युक्रेनी बालबालिकाको अपहरण र देश निकाला गरेको आरोप लगाइएको छ । त्यसयता रुस आक्रोशित छ । आईसीसीलाई एक बेकार अन्तर्राष्ट्रिय संस्थाको रूपमा वर्णन गर्दै, मेदभेदेवले आफ्नो टेलिग्राम खातामा लेखिएको एक विज्ञप्तिमा त्यहाँका न्यायाधीशहरूलाई मिसाइल आक्रमणको लागि आकाशमा नजर राख्न आग्रह गरेका छन्।

मेदभेदेव पुटिनका नजिकका मानिन्छन्। उनी सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपति पनि भइसकेका छन् । आईसीसीप्रति असन्तुष्टि व्यक्त गर्दै मेदभेदेवले भने ‘उत्तरी सागरमा रुसी युद्धपोतबाट प्रहार गरिएको हाइपरसोनिक मिसाइल हेगस्थित आईसीसीको मुख्यालयमा खसेको हुनसक्छ । यसलाई रोक्न अदालतले असम्भव हुनेछ। अदालत ल्ब्त्इ को सदस्य होइन, त्यसैले यो आक्रमण पछि कुनै युद्ध सुरु हुनेछैन। यो आक्रमणमा कसैले पछुताउने छैन।’

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया