१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले पाउँलान त विश्वासको मत !


0
Shares

काठमाडौं, ८ चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दोस्रोपटक विश्वासको मत लिँदै छन् । सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमै संसदबाट विश्वासको मत लिन लागेका जम्कट्टेलले बुधबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालय हेटौंडामा प्रस्ताव पेस गरिसकेका छन् ।

प्रदेशमा पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबिच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया