२३ भाद्र २०८१, आइतबार | September 8, 2024

राजकुमार सिंहको ‘बलेको आगो–२’ बजारमा


0
Shares

काठमाडौं, ७ चैत्र । गायक राजकुमार सिंहले ‘बलेको आगो–२’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । बेलायतका बिभिन्न रमणीय स्थलमा छायांकन भएको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रभु गुरुङले गरेका हुन् ।

गुरुङको निर्देशन रहेको उक्त गीतको म्यूजिक भिडियो आरडीआर इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।

प्रेम र मिलनमा आधारित यस गीतको म्यूजिक भिडियोमा रोशन बस्नेत, निश्मा बन र दुर्गा सिंहले अभिनय गरेका छन् । राजकुमार सिंहको स्वर, सुनिल राईको संगीत संयोजन छ भने लक्ष्मी बर्देवाको शब्द छ।

हेर्नुहोस म्यूजिक भिडियो : 

प्रतिक्रिया