१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रामचन्द्र, रामसहाय र रविले चुनाव जितेका रिक्त संसद सदस्यका लागि १० वैशाखमा चुनाव


0
Shares

काठमाडौं, ६ चैत्र । प्रतिनिधि सभाका तीनवटा रिक्त संसद सदस्यको लागि वैशाख १० मा चुनाव हुने भएको छ ।

निर्वाचन आयोगले तनहुँ १ र बारा २ मा रिक्त सिटका लागि आज सोमवार चुनावको मिति तय गरेको हो । यसअघि नै चितवन २ मा वैशाख १० मै हुने गरी चुनावको मिति तय गरिसकेको छ ।

निर्वाचन आयोगले विहान ७ देखि बेलुका ५ बजेसम्म उक्त स्थानहरुमा मतदान हुने जानकारी दिएको छ ।

तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि उक्त स्थान रिक्त भएको थियो । बारा २ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भई आज सोमवार शपथ लिएसँग उक्त स्थान पनि खाली भयो ।

यसअघि नै चितवन क्षेत्र नं २ रिक्त भइसकेको छ । उक्त क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतको आदेशले सांसद पद गुमेको थियो ।

मंसिर ४ मा नेपालमा संसदको चुनाव भएको थियो । ४ महिनामै चार सांसद सिट रिक्त भयो । जसमध्ये ३ प्रत्यक्ष निर्वाचित र एक समानुपातिकमा निर्वाचित हुन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया