२३ भाद्र २०८१, आइतबार | September 8, 2024

एड्भान्स इन्जिनियरिङ कलेजमा नेविसंघका सुवेदीको टीम नै विजयी


0
Shares

काठमाडौं, ६ चैत्र । कलंकीमा रहेको काठमाडौ एड्भान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा नेपाल विद्यार्थी संघको प्यानलै विजयी भएको छ ।

एड्भान्स इन्जिनियरिङ कलेजमा आइतबार भएको निर्वाचनमा स्ववियु सभापतिमा नेविसंघका सुवास सुवेदी निर्वाचित भएका छन् । सुवेदीले निकटतम प्रतिद्धन्द्धी अनेरास्ववियुका निर्माण कुवँरलाई २४० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । सुवेदीले ५२४ मत प्राप्त गरेका छन् ।

सचिवमा पनि नेविसंघकै मनोहर रिमाल र कोषाध्यक्षमा नेविसंघकै समिक्षा कार्की निर्वाचित भएका छन् । रिमालले ४६२ र कार्कीले ४५१ मत प्राप्त गरेका छन् ।

त्यस्तै सदस्यमाहरूमा नेविसंघकै उम्मेदवार विजयी भएका छन् । नेविसंघबाट नितेस केसी, अर्जुन दहाल, हार्दिक विष्ट, समिर गैह्रे, नितेस कुमार केसरी, समृद्धि गौतमसदस्यमा निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया