१२ श्रावण २०८१, शनिबार | July 27, 2024

राष्ट्रपतिले आमजनताको जनभावना अनुरुप कार्य गर्ने सभापति बानियाँको विश्वास


0
Shares

काठमाडौं, ५ चैत । नेपाली कांग्रेस बागमती प्रदेशका पदाधिकारीहरुद्वारा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आईतवार बधाई तथा शुभकामना दिएका छन् ।

कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले राष्ट्रपति भवन शीतल निवासमा नवनिर्वाचित राष्ट्रपतिलाई बधाई तथा शुभकामना दिदैं प्रजातन्त्र प्राप्तिको लागि निरन्तर संघर्ष र संघीय लोकतान्त्रिक गणतन्त्रको लागि अहँम भूमिका खेल्नुभएको सम्मानीय राष्ट्रपतिले आमजनताको जनभावना अनुरुप कार्य गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत उच्चस्थान हाँसिल गर्नुहुनेमा आम नेपाली जनता बिश्वस्त रहेको बताउनुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गरिमामय तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित भएपश्चात भएका कार्यक्रमहरुमा आफूले निर्वाचित हुनु अगावै गर्नुभएका केही प्रतिवद्धता पूरा गरेर जनताको मन जित्न सुरु गर्नुभएको बताउँदै नेता बानियाँले यो पाँचवर्षे कार्यकालमा गरिमामय राष्ट्रपति पदको भूमिका अब्बलरुपमा निर्वाह गर्नुहुनेमा पूर्ण विश्वास रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिकोरुपमा निर्वाचित भएका थिए।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया