६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

सुनको मुल्य हालसम्मकै उच्च


0
Shares

काठमाडौं, ५ चैत्र । नेपाली बजारमा आज सुनको भाउ आकासिएको छ । सुनको मूल्यले नयाँ रेकर्ड राखेर एकैदिन तोलामा २ हजार ९ सय बढ्दा उपभोक्ता भने मारमा परेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुन आज प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।

यसअघि गएको माघ १९ गते छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० पुगेको थियो भने शुक्रबार १ लाख ७ हजार १०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३४५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

प्रतिक्रिया