११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

‘बाबा’ले करियर ध्वस्त बनायो : मनिषा कोइराला


0
Shares

एजेन्सी, १७ चैत्र । कुनै समयकी बलिउडकी चर्चित अभिनेत्री थिइन् मनिषा कोइराला । उनको सौन्दर्य, मुस्कान र अभिनयबाट धेरै दर्शक दिवाना थिए । क्यान्सरका कारण अभिनेत्रीले आफूलाई इन्डस्ट्रीबाट टाढा राखेकी थिइन् तर अहिले उनी पूर्णरुपमा ठिक छिन् र फेरि एकपटक अभिनयमा लागेकी छिन् । उनी कार्तिक आर्यनको फिल्म ‘शेहजादा’ मा देखिएकी थिइन् । आफ्नो करियरमा हिन्दी बाहेक अभिनेत्रीले तमिल र तेलुगु फिल्ममा पनि अभिनय गरिसकेकी छिन् । हालसालै उनले आफ्नो एक अन्तर्वार्ताको क्रममा साउथ इन्डस्ट्रीको एउटा फिल्मले उनको करियरलाई कसरी ध्वस्त पारेको खुलासा गरेकी छिन् ।

मनिषाले आफ्नो पछिल्लो अन्तर्वार्तामा सन् २००२ मा आएको फिल्म ‘बाबा’ फ्लप हुँदा उनको करियरमा निकै नराम्रो प्रभाव परेको बताइन् । उनले भनिन्, ‘बाबा सायद मेरो अन्तिम ठूलो तमिल फिल्म थियो । त्यो दिन नराम्ररी फ्लप भयो। फिल्मबाट धेरै अपेक्षाहरू थिए र जब यो फ्लप भयो, मैले साउथ फिल्मबाट अफर आउन छाडेँ। यो फिल्ममा रजनीकान्तको मुख्य भूमिका थियो ।’

’बाबा’ २००२ मा रिलिज भएको भारतीय तमिल भाषाको एक्शन फिल्म थियो, जसलाई रजनीकान्तले आफ्नो ब्यानर लोटस इन्टरनेशनल अन्तर्गत लेखेका र निर्माण गरेका थिए। फिल्मलाई सुरेश कृष्णले निर्देशन गरेका हुन् । ‘बाबा’ मा रजनीकान्तसँग मनिषाको महत्वपूर्ण भूमिका थियो ।

पक्कै पनि यो फिल्म २००२ मा फ्लप साबित भयो, तर २० वर्ष पछि फेरि एक पटक रजनीकान्तको जन्मदिनको अवसरमा रिलिज भयो, त्यसपछि यो हिट साबित भयो। मनिषा कोइरालालाई पनि यसबारे प्रश्न गर्दा उनले भनिन्, ‘२० वर्षपछि यो फिल्म हिट भएकोमा म खुसी छु ।’
मनिषा हालै कार्तिक आर्यनको फिल्म ‘शेहजादा’ मा आमाको भूमिकामा देखिएकी थिइन् । यसबाहेक उनी सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डी’ मा देखिनेछिन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया