सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु

काठमाडौं, १६ चैत्र । सत्ता गठबन्धन दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकले कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयको अन्तिम टुंगो लगाउने छ ।
बुधबार बसेको सत्ता गठबन्धन दलको बैठकले कुन दलले कुन मन्त्रालय लिने भन्नेमा सहमति जुटिसकेको छ । मन्त्रालयको भाग लगाएर आजै शपथको तयारी भइरहेको छ ।